मंगलबार, फागुन ५, २०८२

माओवादीको उपाध्यक्षमा भुसालसहित पाँच नेता

मेरोन्यूज २०७९ भदौ २ गते १७:२५

काठमाडौँ । नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा पाँच जना नेताहरूले जिम्मेवारी पाउने भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

पार्टीको एक नेताका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरू दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेललाई उपाध्यक्ष बनाउने तयारी गरेका हुन् । वरिष्ठ उपाध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाइसकेका छन् ।

बुधबारदेखि सुरु भएको पार्टीको स्थायी समिति बैठकमा पदाधिकारी टुंगो लगाउने विषयमा छलफल भएको थियो । बिहीबार बस्ने बैठकमा प्रचण्डले पदाधिकारीको प्रस्ताव गर्ने भनिए पनि बैठक बस्न सकेको छैन ।

प्रतिक्रिया