निसीमा टाउको नभएको शव फेला
मेरोन्यूज
२०७९ भदौ २ गते १८:०६
काठमाडौँ । बागलुङको निसीखोला गाउँपालिका ४ झिवाखोलामा टाउको नभएको एक युवकको शव फेला परेको छ ।
झिवाखोला बजार नजिकै निसीखोलामा निसीखोला गाउँपालिका ५ कामिडेरा निवासी २४ वर्षीय तुलबहादुर बिकको शव फेला परेको प्रहरीले जनाएको छ ।
बुधबार शव फेला परे पनि शवको टाउको नभएपछि पहिचानमा समस्या भएको थियो । शवको हातमा खोपेको ट्याटुको माध्यमबाट प्रहरीले शवको पहिचान गरेको हो ।
शवको पहिचान भए पनि हालसम्म टाउको फेला नपरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
हत्या गरेर पहिचान लुकाउनका लागि टाउको काटेर शव फालेको हुन सक्ने प्रहरीको अनुमान छ ।
सम्बन्धित

















पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
हेटौँडामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
प्रतिक्रिया