साढे दुई अर्बको क्यामरा नेपाल भित्रिए

काठमाडौं ।नेपालमा एक वर्षमा करिव साढे दुई अर्ब रुपैयाँको विभिन्न प्रकारका क्यामरा भित्रने गरेको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मुल्य बराबरको क्यामना नेपाल भित्रिएको हो ।
२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले विभिन्न देशबाट २ अर्ब ४६ करोड ४९ लाख २४ हजार रुपैयाँको क्यामरा आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।
सो अवधिमा ४ लाख ३६ हजार ८९७ थान विभिन्न प्रकारका क्यामरा नेपाल भित्रिएको विभागले जनाएको छ ।
विभागका अनुसार गत आर्थिक वर्ष २५ करोड ७६ लाख ७७ हजार रुपैयाँको टेलिभिजन क्यामरा, १६ करोड २२ लाख ११ हजार रुपैयाँको डिजिटल क्यामरा, ५ करोड ८७ लाख ७२ हजार रुपैयाँको भिडियो क्यामरा रेकर्डर र १ अर्ब ९० करोड २१ लाख ९५ हजार रुपैयाँको अन्य क्यामरा नेपालले आयात गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा नेपालले १ अर्ब ७७ करोड २४ लाख १४ हजार रुपैयाँको विभिन्न क्यामराहरु आयात गरेको थियो । सो मुल्यमा ३ लाख ९९ हजार २२ थान क्यामरा नेपाल भित्रिएको थियो ।
नेपालमा क्यामराहरु अष्ट्रेलिया, चीन, जर्मनी, भारत, इन्डोनेसिया, जापान, मेक्सिको, सिंगापुर, थाइल्याण्ड, युनाइटेड अरब इमिरेट्स, अमेरिका, इजिप्ट, इजरायल, इटाली, दक्षिण कोरिया, कुवेत, मलेसिया, न्युजल्याण्ड, कतार, बेलायत, भियतनाम लगायतका देशबाट आउने गरेको विभागले जनाएको छ ।
















झापा पुगेर ओलीले भने – सुरक्षित वातावरण बनाइयाेस्, जुनसुकै अवस्थामा पनि चुनावमा भाग लिन्छौँ
लुम्बिनी प्रदेशसभा सदस्य बनियाँले दिए राजीनामा
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी
प्रदेशसभा सदस्यबाट डा जोशीले दिए राजीनामा
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रतिक्रिया