वैवाहिक बलात्कारको आरोपमा मकवानपुरका २५ वर्षीय युवक पक्राउ
मेरोन्यूज
२०७९ भदौ ३ गते १४:०३

काठमाडौं । बैवाहिक बलात्कारको अभियोगमा काठमाडौंस्थित अनामनगरबाट एक जना युवक पक्राउ परेका छन् ।
आफ्नै पत्नीले दिएको बलात्कारको उजुरीको आधारमा प्रहरीले मकवानपुरको थाहा नगरपालिका–७ घर भएर बानेश्वर बस्ने दिनेश कार्कीलाई पक्राउ गरेको हो ।
२५ वर्षीय कार्की विरुद्ध उनकै पत्नीले जबर्जस्ती करणी गरेको जाहेरी दिएकी थिइन् । बागबजारमा आफुलाई बलात्कार गरेको पत्नीको आरोप छ ।
कार्कीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले साउन १७ मा पक्राउ अनुमति दिएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया