शुक्रबार, वैशाख २५, २०८३

निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउछौँ : योगेश भट्टराई

मेरोन्यूज २०७९ भदौ ३ गते १६:११

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नो पार्टीले आगामी संघ र प्रदेशसभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरेको बताएका छन् । पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखसमेत रहेका उनले दुवै तहको निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउने दाबी गरे ।

Advertisement
NiccNicc

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव भट्टराईले आगामी निर्वाचनका लागि आफ्नो पार्टीले जनताको आकांक्षा अनुरुपको घोषणा पत्र निर्माण गर्ने प्रतिबद्धता जनाए । त्यसका लागि पार्टीका सबै विभागले विज्ञहरूसँग छलफल गरेर घोषणा पत्रको मस्यौदा तयार पार्ने काम भइरहेको बताए ।

‘नेकपा एमालेसँग विगतमा सरकार सञ्चालन गरिसकेको अनुभव छ, आउने दिनमा पनि एमाले बहुमत ल्याएर प्रदेश र संघको सरकार सञ्चालन गर्ने त्यो आकांक्षाका साथ हामी चुनावमा जाँदै छौँ, त्यसो हुँदा हाम्रो घोषणा पत्र बढी व्यवहारिक, उपयोगी, राजनीतिक दलको हिसाबले गर्न सकिने मुद्दाहरूमा केन्द्रीत हुँदै व्यवहारिक मुद्दामा केन्द्रीत हुँदै र विश्वव्यापी मागलाई सम्बोधन गर्दै अगाडि जाने घोषणा पत्र हामी बनाउने छौँ,’ उनले भने, ‘विषय विज्ञहरूसँग आवश्यक छलफल गरेर घोषणा पत्र तयार गरिने छ ।’

सचिव भट्टराईले पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले आगामी निर्वाचनका लागि बनाउन लागेको घोषणा पत्रको मस्यौदाका लागि आवश्यक सुझाव दिन पनि विज्ञहरूलाई आग्रह गरे । एमालेले पार्टीका सबै विभागलाई यही भाद्र १५ गतेभित्र चुनावी घोषणा पत्रका लागि मस्यौदा तयारी पारेर पार्टीमा बुझाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया