राष्ट्रिय खेलकुदमा स्वर्ण पदक ल्याए नगद पुरस्कार
मेरोन्यूज
२०७९ भदौ ३ गते २१:४४
काठमाडौँ । प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक ल्याउने खेलाडीलाई अत्यधिक नगद राशिको पुरस्कारसहित सम्मान गर्ने बताएका छन् ।
प्रदेश १ आइटिएफ तेक्वान्दो सङ्घको दोस्रो प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रममा आज उनले तेक्वान्दो सहभागी हुने खेलाडीले सबैभन्दा बढी स्वर्ण पदकलगायत अन्य पदक जित्ने विश्वास व्यक्त गरे । सदस्य सचिव वाग्लेले भाइ भतिजा नभनी निस्पक्ष रूपमा खेलाडी छनोट गरेमा खेलकुदको विकास हुने धारणा राखे ।
तेक्वान्दो सङ्घका प्रदेश अध्यक्ष प्रवीण कार्की, खेलकुद विकास वोर्डका सदस्य शैलेश विष्ट र विराटनगर ४ का वडाध्यक्ष जितन थापाले एक घर एक खेलाडी उत्पादन अभियानले खेलकुद क्षेत्रको विकास हुने बताए । अधिवेशनमा प्रदेशका आठ जिल्लाको सहभागिता रहेको थियो ।
सम्बन्धित
















चितवनमा ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, सजाइँदै मन्त्रालयहरू
महालक्ष्मी विकास बैंकको वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न
अमेरिकाविरुद्ध इरानको तयारी तीव्र, हर्मुज बन्द गर्ने चेतावनी
चीनद्वारा समुद्रबाट स्मार्ट ड्रागन–३ रकेटको सफल प्रक्षेपण
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया