पिपुल्स पावरको आईपीओमा आवदेन दिने अन्तिम दिन आज

काठमाडौँ । पिपुल्स पावर लिमिटेडले साउन ३१ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेका आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरेको हो । सोमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ ।
सर्वसाधारणले बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्ने छन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।














सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार बन्ने
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
आज देशभर उम्मेदवारी दर्ता हुँदै
पश्चिमी वायुको आंशिक प्रभाव: कस्तो रहला आजको मौसम ?
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
प्रतिक्रिया