आयातसँगै निर्यात पनि घट्यो

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु आयात झण्डै १३ प्रतिशतले घटेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार कूल आयात १२ दशमलव ९० प्रतिशतले घटेको छ ।
यस्तै, सोही महिनामा कूल वस्तु निर्यातसमेत २८ दशमलव ६८ प्रतिशतले ओरालो लागेको छ । विभागका अनुसार गत साउन महिनामा एक खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार बराबरको वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिमा नेपालले एक खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजारको वस्तु आयात गरेको थियो ।
गत वर्षको साउनमा नेपालले २० अर्ब ७६ करोड ५१ लाख १७ हजार बराबरको वस्तु निर्यात गरेकामा चालु आवको सोही महिनामा १४ अर्ब ८० करोड ९७ लाखको वस्तु निर्यात गरेको तथ्याङ्कमा समावेश छ ।
गत साउन महिनामा कूल एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख बराबरको व्यापार घाटा भएको छ । गत वर्षको सोही महिनामा नेपालले एक खर्ब २९ अर्ब ९६ करोड ६६ लाख बराबरको व्यापारघाटा सहेको थियो ।
कूल एक खर्ब ४६ अर्ब नौ करोड ५७ लाख बराबरको वैदेशिक व्यापार भएको छ । विं.सं. २०७८ को साउनमा मुलुकले एक खर्ब ७१ अर्ब ४९ करोड ६८ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो । विभागका अनुसार वस्तु आयातबाट ३१ अर्ब ९६ करोड १६ लाख बराबरको राजस्व सङ्कलन भएको छ ।














शिक्षामन्त्री पुनले दिए राजीनामा
हातहतियार बुझाउन कञ्चनपुर प्रशासनको निर्देशन
रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण
बाजुरामा रुखबाट लडेर व्यक्तिकाे मृत्यु
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
प्रतिक्रिया