आजको फलफूल तथा तरकारी मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले ठूलो गोलभेडाको औसत मूल्य प्रतिकेजी ४७ रुपैयाँ ५० पैसा रहेको जनाएको छ ।
समितिले बुधबारका लागि तोकेको भाउअनुसार भारतीय ठूलो गोलभेडा, हाइब्रीड घिउ सिमी, तने बोडी, भट्मास र भेडे खुर्सानीको मूल्य ६५ रुपैयाँ रहेको छ भने लोकल सानो गोलभेडाको औसत मूल्य २७ रुपैयाँ ५० पैसा र टनेल गोलभेडा ३४ रुपैयाँ ८० पैसा रहेको छ ।
त्यस्तै, रातो आलुको औसत मूल्य ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ, सेतो आलु ५१ रुपैयाँ, स्थानीय काउली ८६ रुपैयाँ ६७ पैसा, लोकल गाजर १२६ रुपैयाँ ६७ पैसा, सुकेको प्याज ३९ रुपैयाँ, मकै बोडी ८६ रुपैयाँ ६७ पैसा, तितो करेला ३४ रुपैयाँ, चिचिण्डो २३ रुपैयाँ ३३ पैसा, झिगुनी ४२ रुपैयाँ ५० पैसा, पाकेको फर्सी ४५ रुपैयाँ, भिण्डी ४१ रुपैयाँ, स्कुस २७ रुपैयाँ, रायोको साग ११२ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, हरियो प्याज २१३ रुपैयाँ ३३ पैसा, कन्य च्याउ २३५ रुपैयाँ र डल्ले च्याउ ३२५ रुपैयाँ रहेको छ ।
यसैगरी, कुरीलोको औसत मूल्य प्रतिकेजी ५०० रुपैयाँ, न्यूरो ११५ रुपैयाँ, ब्रोकाउली २४० रुपैयाँ, जिरीको साग १६५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, कागती २२० रुपैयाँ, अनार २९० रुपैयाँ, निबुवा ५५ रुपैयाँ ६७ पैसा, किवी ५७५ रुपैयाँ, अदुवा ७५ रुपैयाँ, अम्बा १३० रुपैयाँ, लप्सी ५६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ २७५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, तामा १२५ रुपैयाँ, हरियो लसुन १४५ रुपैयाँ, हरियो धनिया ४०० रुपैयाँ, सुकेको नेपाली लसुन १३६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १७६ रुपैयाँ र माछा प्रतिकेजी २३५ रुपैयाँदेखि ३१५ रुपैयाँसम्म पर्नेछ ।















प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध
मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
रवि लामिछानेविरुद्धकाे दायर रिट ‘हेर्दाहेर्दै’मा
प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया