आइतबार, माघ ११, २०८२

त्रिविमा नेविसंघ र अनेरास्वीयुबीच झडप, एक प्रहरीसहित दुई विद्यार्थी घाइते

मेरोन्यूज २०७९ भदौ १२ गते १२:२५

काठमाडौ । त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वीयु) बीच झडप भएको छ। गत शुक्रबार नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्का महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएर शिक्षामन्त्रीलाई बुझाएपछि त्रिवि रजिष्टारको कार्यालयले शनिबार सुरक्षाको माग गरेको थियो।

आइतबार बिहान त्रिवि उपकुलपतिले पत्रकार सम्मेलनको आयोजना गर्न खोज्दा अनेरास्वीयुलाई मात्रै प्रवेश दिएको र नेविसंघलाई प्रवेश निषेध गरेपछि नेविसंघले त्यसको विरोध गर्दा अनेरास्वीयु र नेविसंघ कार्यकर्ताबीच झडप भएको नेविसंघ त्रिविले आरोप लगाएको छ।
झडपमा परि एक प्रहरी निरीक्षकसहित दुई नेविसंघ विद्यार्थी घाइते भएका छन् ।

प्रतिक्रिया