सोमबार, माघ १२, २०८२

रूकुम पश्चिममा पहिरोमा परेर आमा-छोरीको मृत्यु

मेरोन्यूज २०७९ भदौ १३ गते ९:३३

काठमाडौं । रुकुम पश्चिममा पहिरोमा परेका तीन जनामध्ये दुई जनाको मृत्यु भएको छ। आठबिसकोट नगरपालिका १४ पिपलचौरकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षकी छोरी प्रतिक्षाको मृत्यु भएको प्रहरीले जनाएको छ। माइतीबाट घर फर्कने क्रममा बालमती र उनका छोरीहरू पहिरोमा परेका थिए। पानी परेपछि उनीहरू छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएका थिए। आठबिसकोट १४ स्थित छेपारे सामुदायिक वनमा माथिबाट आएको पहिरोले उनीहरूलाई पुरेको थियो।
रूकुम पश्चिमस्थित प्रहरी कार्यालयले दुई जनाको मृत्यु भएको र एकको उपचार जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया