लिगलिगकोट दौड भदौ २५ गते हुने
मेरोन्यूज
२०७९ भदौ १३ गते ११:४६

काठमाडौं / नेपाली सेनाको संयोजकत्वमा राष्ट्रव्यापी लिगलिगकोट–सिरानचोक–गोरखा दरवार म्याराथन दौड–२०७९ यही भदौ २५ गते हुने भएको छ ।
गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका तथा सिरानचोक गाउँपालिकाले संयुक्त आयोजनामा दौड प्रतियोगिता गोरखाको लिगलिगकोटमा हुनेछ ।
म्याराथन दौड भाद्र २५ गते विहान ६ बजे लिगलिगकोटबाट सुरु हुने नेपाली सेनाले जनाएको छ । म्याराथन दौडको दुरी ४० किलोमिटर रहेको छ ।
दौडमा सहभागी हुन क्यूआर कोड मार्फत अनलाइन रजिष्ट्रेसन गर्न सकिने छ । यस्तै रिपुमर्दन गण, गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका र सिरानचोक गाउँपालिकामा फर्म लिई दर्ता गर्न सकिने नेपाली सेनाले जनाएको छ ।
म्याराथन संचालन हुने रुट लिगलिगकोट–आँपपिपल भञ्ज्याङ्ग–चित्रेपोखरी–छोप्राक–चोरकोटे–छेवेटार–पस्लाङ्ग–ठूलो आँगन हुँदै गोरखा दरबार रहेको छ ।
सम्बन्धित









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया