लिगलिगकोट दौड भदौ २५ गते हुने
मेरोन्यूज
२०७९ भदौ १३ गते ११:४६

काठमाडौं / नेपाली सेनाको संयोजकत्वमा राष्ट्रव्यापी लिगलिगकोट–सिरानचोक–गोरखा दरवार म्याराथन दौड–२०७९ यही भदौ २५ गते हुने भएको छ ।
गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका तथा सिरानचोक गाउँपालिकाले संयुक्त आयोजनामा दौड प्रतियोगिता गोरखाको लिगलिगकोटमा हुनेछ ।
म्याराथन दौड भाद्र २५ गते विहान ६ बजे लिगलिगकोटबाट सुरु हुने नेपाली सेनाले जनाएको छ । म्याराथन दौडको दुरी ४० किलोमिटर रहेको छ ।
दौडमा सहभागी हुन क्यूआर कोड मार्फत अनलाइन रजिष्ट्रेसन गर्न सकिने छ । यस्तै रिपुमर्दन गण, गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका र सिरानचोक गाउँपालिकामा फर्म लिई दर्ता गर्न सकिने नेपाली सेनाले जनाएको छ ।
म्याराथन संचालन हुने रुट लिगलिगकोट–आँपपिपल भञ्ज्याङ्ग–चित्रेपोखरी–छोप्राक–चोरकोटे–छेवेटार–पस्लाङ्ग–ठूलो आँगन हुँदै गोरखा दरबार रहेको छ ।
सम्बन्धित
















विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो
कस्ताे रहला आज देशभरकाे मौसम पूर्वानुमान
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया