छोरालाई भेट्न जाँदा ग्यारेजमै सुतिन मस्ककी आमा

न्युयोर्क । एलोन मस्ककी आमा मे मस्कले हालै अमेरिकाको टेक्सास भ्रमणका क्रममा आफ्नो अर्बपति छोरालाई भेट्दा उनको असामान्य सुताईबारे खुलासा गरेकी छिन् । बेलायतमा सन्डे टाइम्ससँग कुरा गर्दै ७४ वर्षीया मोडेल र कार्यकर्ताले टेस्ला र स्पेसएक्स सीईओसँगको उनको आबद्धतासहित विभिन्न विषयमा मुख खोलेकी छिन् ।
उनको अर्बपति छोरा सन्सारकै धनाढ्य भए पनि एलनलाई सम्पत्तिबारे कत्ति चासो नभएको उनले बताइन् । स्पेस एक्सको प्रधान कार्यलयसमेत रहेको टेक म्याग्नेटको भ्रमण गर्दा आफू ग्यारेजमा सुतेको उनले बताएकी छिन् । तपाईंसँग रकेट क्षेत्रको छेउमा भव्य घर हुन सक्दैन’ मायेले भनिन् ।
यसै वर्षको सुरुमा एलनले आफ्नो एउटा पनि घर नभएको र ‘साथीको घरमा’ बस्ने गरेको बताएका थिए । सन् २००० मा आफ्नो सम्पूर्ण सम्पत्ति बिक्री गर्ने आशय व्यक्त गरेका थिए ।
‘मैले सबै भौत्तिक सम्पत्ति बिक्री गर्दै छु । मेरो कुनै घर हुनेछैन्’, ट्वीटरमा उनले भनेका थिए, ‘पैसा आवश्यक छैन । सम्पत्तिले केबल तपाइँको शिर झुकाउँछ ।’
















बाँकेमा जेन्जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण
दोहामा बृद्धजयन्ती मनाइयो
सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया