छोरालाई भेट्न जाँदा ग्यारेजमै सुतिन मस्ककी आमा

न्युयोर्क । एलोन मस्ककी आमा मे मस्कले हालै अमेरिकाको टेक्सास भ्रमणका क्रममा आफ्नो अर्बपति छोरालाई भेट्दा उनको असामान्य सुताईबारे खुलासा गरेकी छिन् । बेलायतमा सन्डे टाइम्ससँग कुरा गर्दै ७४ वर्षीया मोडेल र कार्यकर्ताले टेस्ला र स्पेसएक्स सीईओसँगको उनको आबद्धतासहित विभिन्न विषयमा मुख खोलेकी छिन् ।
उनको अर्बपति छोरा सन्सारकै धनाढ्य भए पनि एलनलाई सम्पत्तिबारे कत्ति चासो नभएको उनले बताइन् । स्पेस एक्सको प्रधान कार्यलयसमेत रहेको टेक म्याग्नेटको भ्रमण गर्दा आफू ग्यारेजमा सुतेको उनले बताएकी छिन् । तपाईंसँग रकेट क्षेत्रको छेउमा भव्य घर हुन सक्दैन’ मायेले भनिन् ।
यसै वर्षको सुरुमा एलनले आफ्नो एउटा पनि घर नभएको र ‘साथीको घरमा’ बस्ने गरेको बताएका थिए । सन् २००० मा आफ्नो सम्पूर्ण सम्पत्ति बिक्री गर्ने आशय व्यक्त गरेका थिए ।
‘मैले सबै भौत्तिक सम्पत्ति बिक्री गर्दै छु । मेरो कुनै घर हुनेछैन्’, ट्वीटरमा उनले भनेका थिए, ‘पैसा आवश्यक छैन । सम्पत्तिले केबल तपाइँको शिर झुकाउँछ ।’










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया