इराकमा हिंसात्मक प्रदर्शन : प्रदर्शनकारीद्दारा राष्ट्रपति भवन कब्जा

काठमाडौं । इराकका धर्मगुरु मुक्तदा अल-सद्रले राजनीति परित्याग गर्ने घोषणा गरेसँगै हिंसात्मक प्रदर्शन बढेको छ । हिंसात्मक घटना बढेसँगै प्रर्दशनकारीहरुले राष्ट्रपति भवन कब्जा गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।
अहिलेसम्म हिंसात्मक घटनामा परी २० जनाको मृत्यु भएको जनाइएको छ ।
सदरका हजारौं समर्थकले राष्ट्रपति भवन (रिपब्लिक प्यालेस)मा हमला गरेका छन् । उनीहरूलाई सुरक्षाकर्मीले अश्रुग्यासले रोक्न सकेनन् । प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा कम्तिमा २० जनाको मृत्यु भएको अलजजिराले जनाएको छ । ३०० भन्दा बढी घाइते भएका छन् ।
सुरक्षाकर्मीको कारबाही छल्दै सदरका समर्थकले राष्ट्रपति भवन कब्जा गरेका छन् । उनीहरू स्विमिङ पुल, बैठक हल लगायत पूरै दरबारमा घुमिरहेका तस्बिर सार्वजनिक भएका छन् ।
शिया धर्मगुरु मुक्तदा अल-सद्रले हिंसा र हतियारको प्रयोग बन्द नभएसम्म अनशन बस्ने घोषणा गरेका छन् । प्रदर्शन रोक्न सेनाले लगाएको कर्फ्यू तोड्दै अल-सद्रका समर्थकहरू सडकमा उत्रिएका छन् । सो क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको छ ।
गत जुलाईमा पनि सद्रका समर्थकहरूले इराकमा प्रदर्शन गरे र संसद कब्जा गरेका थिए । हजारौं प्रदर्शनकारीले संवेदनशील ग्रीन जोन पार गरेर संसदमा र्याली गरेका थिए । उनीहरू यहाँको पर्खाल चढेर संसदमा पनि प्रवेश गरे पनि सुरक्षाकर्मीले रोक्न सकेका थिएनन् ।
इराकमा अल-सद्रका समर्थकहरू र उनीहरूको राजनीतिक प्रतिद्वन्द्वी इरान समर्थित शिया समूहबीच लामो समयदेखि द्वन्द्व चलिरहेको छ।
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया