शुक्रबार, फागुन ८, २०८२

पशुपतिनाथको पुर्वी ढोका १४ बर्ष पछि खुल्यो

मेरोन्यूज २०७९ भदौ १४ गते १०:४१

काठमाडौं / पशुपतिनाथ मन्दिरको पुर्वी ढोका १४ बर्ष पछि खुलेको छ ।  पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) अवसरमा पशुपतिनाथको पूर्वी ढोका  खोलेको हो ।
 
पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द हुदैँ आएको थियो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपालीलाई मुलभट्ट बनाउने प्रयास बिबादमा परे पछि सुरक्षाका कारण देखाउँदै पुर्वी ढोका बन्द हुदैँ आएको थियो । तर, यस बर्ष तीजको अवसरमा भने सो ढोका खोलिएको हो ।  

Advertisement
nepal life insurencenepal life insurence

पशुपतिनाथको पुर्वी ढोका खोलेसँगै सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर-आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाएको पशुपतिनाथ विकास कोषले जनाएको छ । 

प्रतिक्रिया