प्रतिबन्धित औषधि बिक्री गरेको आरोपमा युवती पक्राउ

काठमाडौँ । काठमाडौँ महानगर ३ स्थित सामाखुसीबाट प्रतिबन्धित औषधि बिक्री गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अनुमतिबिना सञ्चालित फार्मेसीमा उपत्यका अपराध अनुसन्धान कार्यालयले छापा मारेको हो ।
‘निरुपा फार्मेसी’मा छापा मारेर सञ्चालिका सुस्मा थापालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । फार्मेसी सञ्चालिका गोरखा घर भएकी २९ वर्षीया सुस्मा मेडिकल पर्सन नभए पनि चिकित्सकको सिफारिसमा मात्र प्रयोग गर्न मिल्ने नियन्त्रित लागूऔषध प्रयोगकर्तालाई बेच्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
फार्मेसीबाट प्रहरीले ट्रामाडोल क्याप्सुल ८१० थान, डिसाइसिओमिन ट्याब्लेट ९८० थान, डेक्स्ट्रोमेथोराफान २६५ ट्याब्लेट, स्टागन ट्याब्लेट ५३१ थान र गाबिक्स ट्याब्लेट १४२ थानसहित उल्लेख्य मात्रामा नियन्त्रित औषधि बरामद गरेको छ ।
आरोपीलाई औषधि ऐन–२०३५ अनुसारको कसुरमा कारबाहीका लागि औषधि व्यवस्था विभागमा बुझाइएको प्रहरीले जनाएको छ ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया