सोभियत युगका अन्तिम नेता गोर्बाचोभको निधन

काठमाडौं । सोभियत युगका अन्तिम नेता मिखाइल गोर्बाचोभको निधन भएको छ । ९१ वर्षको उमेरमा उनको निधन भएको हो । सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको सत्तामा रहेका उनी सोभियत युगका अन्तिम नेता हुन् । गोर्बाचोभ ५४ वर्षको उमेरमा सोभियत कम्युनिष्ट पार्टीको महासचिव हुँदै देशको सर्वोच्च नेता बनेका थिए । त्यतिबेला उनी पार्टी पोलिटब्युरोका सबैभन्दा कान्छा सदस्य थिए ।
कट्टरपन्थी कम्युनिष्टहरूले गोर्बाचोभलाई संशोधनवादी नेताको रूपमा चित्रित गर्छन् । सोभियत ब्लकमा आवद्ध देशहरूलाई शान्तिपूर्णरूपमा छुट्टिन दिएकोमा उनलाई पश्चिमाहरूले प्रशंसा गर्दछन् ।
सन् १९८५ मा सोभियत संघको राष्ट्रपति निर्वाचित भएपछि उनले सोभियत संघको ढोका विश्वका लागि खोलिदिए र देशमा सुधारका काम सुरु गरेका थिए ।
लामो समयदेखि गम्भीर रोगसँग लडिरहेका गोर्बाचोभको उपचाररत अस्पतालमै निधन भएको बीबीसीले जनाएको छ । पछिल्ला वर्षहरूमा उनको धेरै समय गम्भीर स्वास्थ्य अवस्थाका कारण अस्पतालमै बित्ने गरेको थियो । गत वर्ष मृगौला रोगका कारण उनलाई अस्पताल भर्ना गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले खबर लेखेका थिए ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि गोर्बाचोभको निधनप्रति गहिरो दुःख व्यक्त गरेका उनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी समाचार एजेन्सी इन्टरफ्याक्सलाई जानकारी दिएका छन् ।
उनको निधनमा विश्वभरीबाट श्रद्धाञ्जली अर्पण भइरहेको छ । संयुक्त राष्ट्रसङ्घका राष्ट्रपति एन्टोनियो गुटेर्रेसले गोर्बाचोभलाई ‘इतिहासको ढाँचा परिवर्तन गरेका’ नेताका रूपमा स्मरण गरेका छन् ।
















पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
बल्खुकाे सुकुम्बासी बस्तीका एकजना बागमतीमा मृत फेला
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
प्रतिक्रिया