अर्जेन्टिनी उपराष्ट्रपतिको हत्या प्रयास, एक ब्राजिलियन एक युवक प्रकाउ

अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजमाथि बन्दुक प्रहार गरेर हत्या प्रयास भएको छ । बिहीबार राति भएको घटनामा क्रिस्टिना आफ्नो घरबाहिर समर्थकहरूको बीचमा थिइन् ।
उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेट डे किर्चनर घरबाहिर समर्थकहरूलाई अभिवादन गरिरहेकी बेला भीडबाट निस्किएको एक व्यक्तिले उनको अनुहार हाते बन्दुक ताकेको बीबीसीले जनाएको छ । प्रहरीले उपराष्ट्रपति फर्नान्डेजमाथि बन्दुक प्रहार गरेर हत्या प्रयासको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । उपराष्ट्रपति अहिले भ्रष्टाचारको मुद्दा खेपिरहेकी छिन् । यो घटना घट्दा उनी अदालतबाट घर फर्कंदै थिइन् । उनले भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएकी छिन् ।
अर्जेन्टिनाका सुरक्षामन्त्री अगुस्टिन रोसीले स्थानीय समाचार च्यानल सीफाइभएन लाई घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिएको बिबीसीले जनाएको छ ।
स्थानीय सञ्चार माध्यमहरूका अनुसार आफूलाई ब्राजिलियन भनेर चिनाउने एक युवकलाई प्रकाउ गरेको प्रहरीले हिरासतमा लिएको छ । प्रहरीले आक्रमणको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ ।
















सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया