विपद्का लागि छुट्टयाएको रकम पूर्ण सदुपयोग गर्न गृहमन्त्री खाँणको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले विपद्का लागि छुट्टयाएको रकमको पूर्ण सदुपयोग हुनु पर्ने बताएका छन् । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उनले विपद्को रकम सदुपयोगमा सचेत र संवेदनशील रहन सम्बन्धित सरकारी निकाय र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएका हुन् ।
गृहमन्त्री खाँणले विपद्मा प्रभावितलाई राहत वितरण र विपदबाट क्षतिग्रत संरचना निर्माणमा रकम खर्च गर्दा पनि रार्वजिनक ऐन आकर्षित हुने भन्दै प्रचलित ऐन र कानुनअनुसार नै बजेट खर्च गर्न निर्देशन दिए । उनले कार्यकारी समितिका निर्णय गम्भीर भएर कार्यान्वयन गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए ।
विपदबाट नागरिक र संरचना बचाउन एकतर्फ बजेट नहुने र बजेटको व्यवस्थापन भए पनि खर्च गर्न नसक्ने अवस्था नआओस् भन्नेमा सरकार सचेत रहेको गृहमन्त्री खाणले बताए । सरकार विपदबाट प्रभवितको उद्धार, राहत र व्यवस्थापनका लागि रकमको अभाव हुन नदिन पर्यत्नशील रहेको पनि बताए ।
विपद्को सामना गर्न स्थानीय तहमा प्राविधिक जनशक्ति प्रयाप्त नभएकाले केन्द्रका मन्त्रालय र विभागबाट पुग्नु पर्ने अवस्था रहेको भन्दै उनले संघ, प्रदेश र स्थानीय दलहको समन्वयमा प्रभवित नागरिकको राहत, उद्धार र व्यवस्थापन तथा प्रभवित संरचनाको पुर्न निर्माण होस् भन्ने पक्षमा सरकार रहेको बताए ।
उनले विपद् व्यवस्थापनमा सुरक्षा निकायहरू, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निभाएको भूमिकाको प्रशंसा गर्दै सुरक्षा निकायको प्रयासले विपदबाट ठूलो जनधनको क्षति हुन जोगिएको बताएका थिए ।
बैठकले पाँचथर, उदयपुर, गोरखा, डडेलधुरा, बझाङलगायतका जिल्लाहरूमा मनसुनजन्य विपदबाट क्षतिग्रस्त अत्यावश्यक संरचनाको पुननिर्माणका लागि विपद् व्यवस्थापन कोषको बजेट उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै, बैठकमा खोटाङ र लमजुङमा भूकम्पबाट क्षतिग्रस्त भएको निजी आवासहरू पुनः निर्माणबारे पनि छलफल भएको थियो ।















विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
प्रतिक्रिया