भोक र तिर्खाबाट ७ रोहिंग्याको मृत्यु

यांगुन । म्यानरमा अल्पसंख्यक मुस्लिम रोहिंग्या समूहका सात जना व्यक्ति भोक, तिर्खा र अन्य जोखिमका कारण मृत्यु भएको छ । म्यानमारका अधिकारीहरूले दक्षिणी तटमा डुंगाबाट नियन्त्रणमा लिएका ६५ जनाको समूहमध्येका सात जनाको मृत्यु भएको हो ।
अधिकारीहरूले सोमबार व्यावसायिक केन्द्र यांगुनबाट करिब १२० किलोमिटर दक्षिणमा प्यापोन टाउनसिप नजिकै एउटा जहाजलाई नियन्त्रणमा लिएको ग्लोबल न्यू लाइट अफ म्यान्मार अखबारले जनाएको छ ।
चार तस्कर र ६५जना पीडितलाई अस्थायी रूपमा हिरासतमा राखिएको उक्त पत्रिकाले जनाएको छ । तीन खराब मौसम र खानेकुरा तथा पानीको अभावमा पुरुष र चार महिलाको मृत्यु भएको पनि उक्त पत्रिकाले जनाएको छ । त्यस्तै, ६ जनाको उपचार भइरहेको छ । समूहका पाँच जनलााई थुनामा राखिएको र छानविनपछि उनीहरुलाई कानुन बमोजिम कारबाही गरिने बताइएको छ ।
सन् २०१७ मा म्यानमारको सेनाको दमनपछि लाखौँ रोहिग्या शरणार्थी देश छाडेर बंगलादेश पुगेका थिए । उनीहरु खाद्यन्न, पानी औषधिजस्ता अत्यावश्यक सेवाबाट बन्चित रहेको अधिकारबादीहरुले बताउँदै आएका छन् ।










रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
आजको विदेशी मुद्राको विनिमयदर : डलर र युराे बढ्याे
तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया