सोमबार, माघ १२, २०८२

नक्कली नोट बनाउने कागजसहित एक जना पक्राउ

मेरोन्यूज २०७९ भदौ १८ गते २०:१८

सर्लाही । नक्कली नोट बनाउने कागजको बण्डलसहित नुवाकोट जिल्लाको साविक ककनी गाविस ५ स्थायी घर भई काठमाडौँ महानगर २६ बस्ने ३२ वर्षीय हिरामान लामा पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल बीओपी बहादुरपुरले ६९ वटा बण्डलमा रहेको ६ हजार ९०० वटा नक्कली नोट बनाउने सादा कागजसहित उनलाई सर्लाही जिल्लाको गोडैता नगरपालिका ३ सिमरा भगवतीपुरबाट पक्राउ गरिएको हो ।

उनको साथमा १७ हजार तथा कार्टुनभित्र ४० हजार नेपाली रुपैयाँसमेत सशस्त्र प्रहरीले फेला पारेको थियो । उनलाई बरामद रुपैयाँ र कागजसहित आवश्यक कारबाहीका लागि आज इलाका प्रहरी कार्यालय गडहियामा बुझाइएको छ ।

प्रतिक्रिया