प्रशान्त महासागरमा तैरिने अधिकांश प्लाष्टिकजन्य फोहर ६ देशबाट जम्मा हुन्छ

टोकियो । प्रशान्त महासागरमा प्लाष्टिकको ९० प्रतिशतभन्दा बढी तैरिरहेको फोहोर जम्मा ६ वटा देशबाट जम्मा हुने गरेको एउटा नयाँ अनुसन्धानले देखाएको छ । प्रायः फोहोर जापान र चीनमा अत्यधिक माछा मार्ने पक्रियाबाट जम्मा हुने अध्ययनमा देखाइएको छ ।
विश्लेषण र उचित नमूनापछि महासागर सफाई परियोजना र वासिंगटन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको टोलीले वैज्ञानिक रिपोर्ट जर्नलमा आफ्नो रिपोर्ट प्रकाशित गरेका छन् ।
उत्तर प्रशान्त महासागरमा हाल हजारौं टन तैरिरहेको प्लास्टिकको फोहोरले ढाकिएको अनुसन्धानमा उल्लेख छ । फोहर फैलिएको क्षेत्रलाई उत्तर प्रशान्त गार्बेज प्याच(एनपीजीपी) भनिएको छ ।
फोहोरको ठूलो अंश माछा मार्ने जाल र डोरी रहेको अध्ययनले देखाएको छ । बाँकी फोहर प्रायः कडा प्लास्टिक वस्तुहरू र टुक्राहरू मिलेर बनेको छ ।
अध्ययनअनुसार महासागरमा जम्मा तैरिने फोहरमध्ये ३३ दशमलब ६ प्रतिशत जापान, ३२ दशमलब ३ प्रतिशत दक्षिण कोरिया र ९दशमलब ९ प्रतिशत अमेरिकाको रहेको छ । त्यस्तै, ६ दशमलब ५ प्रतिशत ताइवान र ४ दशमलब ७ प्रतिशत फोहरमा क्यानडा जिम्मेवार छन् ।
















फुटबल प्रतियोगिता : पशुपति र हिलारी सेमिफाइनलमा
केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु
हेटौँडा—काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा
वनस्थलीमा रास्वपाको सचिवालय बैठक
युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया