बेलायतमा आज नयाँ कन्जरभेटिभ नेता चयन हुँदै
लन्डन । बेलायतमा आज नयाँ कन्जरभेटिभ नेता छनोट हुँदै छन् । छानिएका नेता देशको नयाँ प्रधानमन्त्री हुनेछन् । नेता चयन गर्न केही सातादेखि विभिन्न चरणमा मतदान भएको थियो । नेता बन्ने दौडमा विदेशमन्त्री लिज ट्रस र पूर्वअर्थमन्त्री ऋषी सुनक छन् । भावी कन्जरभेटिभ नेतामा ट्रसको सम्भावना धेरै रहेको विभिन्न सर्वेक्षणले देखाएका छन् ।
निर्वाचित भएमा ट्रस मारगेट थ्याचर र थेरेसा मेपछि देशको तेस्रो प्रधानमन्त्री हुनेछिन् । मतदान गर्न योग्य अनुमानित २ लाख टोरी सदस्यहरूबाट हुने नेतृत्व चयनका लागि ४७ वर्षीय ट्रस आफ्ना प्रतिष्प्रर्धी ४२ वर्षीय सुनकभन्दा लगातार अगाडि छिन्। आर्थिक अनियमितता र काण्डपछि बोरिस जोनसनले राजीनामाको घोषणा गरेसँगै नेतृत्वको प्रतिष्प्रर्धा जुलाईबाट सुरु भएको थियो ।
८ साता लामो अभियानपछि शुक्रबार हुलाक तथा अनलाईन भोटिङ सम्पन्न भएको थियो । यसलाई ट्रसले ‘इतिहासमै लामो अन्तवार्ता’ भनेकी छिन् । तथापि, भोटले आम जनताको राय प्रतिबिम्बित गर्न सक्दैन । यु गभले अगस्टको अन्त्यमा गरेको सर्वेक्षणमा ५२ प्रतिश ट्रसको प्रतिशतमा रहेको देखाएको थियो । तर, ४३ प्रतिशतले उनलाई विश्वास नगर्ने बताएका थिए ।










आजको विदेशी मुद्राको विनिमयदर : डलर र युराे बढ्याे
तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया