इस्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद लम्बियो

काठमाडौं । इस्टर्न हाइड्रोपावरले आईपीओमा आवेदन दिन म्याद पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय लम्बाएर २८ भदौसम्म पु¥याएको छ । कम्पनीले ७ भदौबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आईपीओ बिक्री खुला गरिरहेको छ । कम्पनीले १ सयअंकित मूल्यमा ६ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको हो ।
यसले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई उक्त सेयर निष्कासन गरेको हो । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
रेटिङ एजेन्सी कियर नेपालले इस्टर्नको आईपीओलाई ‘कियर एनपी डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ ।
यो आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । स्थानीय बासिन्दाले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट आवेदन दिन सक्नेछन् ।
इस्टर्नले हाल भोजपुर जिल्लाको पिखुवा खोलामा ५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।















प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध
मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
रवि लामिछानेविरुद्धकाे दायर रिट ‘हेर्दाहेर्दै’मा
प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया