सिडिओहरुको ब्यापक सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
काठमाडौँमा आए ललितपुरका सिडिओ, काठमाडौँका सिडिओलाई गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको जिम्मा

काठमाडौँ । गृहमन्त्रालयले सिडिओहरुको ब्यापक सरुवा गरेको छ । निर्वाचन आयोगले असोज १ गतेदेखि लागु हुने गरी निर्वाचन आचारसंहिता लगाउने तयारी गरेपछि गृहले एक दर्जन जिल्लाका सिडिओहरुको सरुवा गरेको हो । सरुवा गर्दा काठमाडौँ उपत्यकासहित प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।
गृह स्रोतका अनुसार काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा ललितपुरका प्रजिअ घनश्याम उपाध्यायलाई सरुवा गरिएको छ । काठमाडौँका सिडिओलाई गोविन्द रिजाललाई गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा सरुवा गरिएको छ ।
ललितपुरमा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई ल्याइएको छ । कास्कीमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई पठाइएको छ । जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईँ मन्त्रालय तानिएकी छिन् भने जुम्लाको प्रजिअमा मुकेशकुमार केसरीलाई सरुवा गरिएको छ ।
दैलेखको प्रजिअमा गोगनबहादुर हमाललाई पठाइएको छ भने दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।
सूचना विभागको महानिर्देशक रहेका हमाल केही समयअघि गृह मन्त्रालयमा सरुवा भएका थिए । यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीलाई इलाका प्रशासन कार्यालय सिमरा सरुवा गरिएको छ भने पाँचथरका प्रजिअ सुरेश न्यौपानेलाई मन्त्रालय र पाँचथर को प्रजिअमा गणेश गैरेलाई पठाइएको छ । सङ्खुवासभाका प्रजिअ नुरहरी खतिवडालाई सप्तरीको प्रजिअमा, सप्तरीका प्रजिअ जनार्दन गौतमलाई उदयपुरको प्रजिअ र उदयपुरका वीरेन्द्र यादवलाई सङ्खुवासभाको प्रजिअमा सरुवा गरिएको गृह स्रोतले जनाएको छ ।

















कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
प्रतिक्रिया