एसिया कप क्रिकेट : श्रीलंकासँग भारत पराजित

काठमाडौं / युएईमा जारी टी–२० एसिया कप सुपर फोरमा श्रीलंकाले भारतमाथि ६ विकेटको रोमान्चक जित निकालेको छ ।
लगातार दोस्रो जितसंगै श्रीलंकाको फाइनल समीकरण सहज बनेको छ । लगातार दोस्रो हार बेहोरेको भारतको सम्भावना झिनो बनेको छ । भारत सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग पाच विकेटले पराजित भएको थियो ।
१ सय ७४ रनको विजयी लक्ष्य पाएको श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाएर विजयी भयो । श्रीलंकाको जितमा ओपनर कुशल मेन्डिसले सर्वाधिक ५७ रन बनाए । भारतका स्पिनर युजभेन्द्र चहलले ३ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो । भारतका कप्तान रोहित शर्माले सर्वाधिक ७२ रनमा आउट भए । सूर्यकुमार यादवले ३४ रनको योगदान गरे । श्रीलंकका बलर दिलशान मदुशनकाले ३ विकेट लिए ।
अब, भारतले अन्तिम खेल बिहीबार अफगानिस्तानसँग खेल्नेछ । बुधबार अफगानिस्तान र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
















चितवनमा ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, सजाइँदै मन्त्रालयहरू
महालक्ष्मी विकास बैंकको वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न
अमेरिकाविरुद्ध इरानको तयारी तीव्र, हर्मुज बन्द गर्ने चेतावनी
चीनद्वारा समुद्रबाट स्मार्ट ड्रागन–३ रकेटको सफल प्रक्षेपण
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया