सोमबार, माघ १२, २०८२

राष्ट्रपतिले छलफलका लागि फेरि बोलाइन् पूर्व सुरक्षा अधिकारी

मेरोन्यूज २०७९ भदौ २२ गते १४:२३


काठमाडौं । नागरिकता विधेयक जस्ताको तस्तै दोस्रो पटक प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि पूर्व सुरक्षा अधिकारीहरुलाई छलफलका लागि बोलाएकी छिन् ।

भोलि बिहीबार छलफलका लागि भण्डारीले पूर्व सुरक्षा अधिकारीहरुलाई शित्तल निवासमा डाँकेकी छिन् । यस अगाडी पनि उनले भदौं ८ मा पूर्व सुरक्षा अधिकारीहरुसँग छलफल गरेकी थिइन् । त्यसक्रममा उनले सुरक्षा अधिकारीहरुलाई धन्यवाद समेत दिएकी थिइन् ।

उनी नागरिकता विधेयकप्रति सन्तुष्ट छैनन । पूर्नविचारका लागि भन्दै १५ बुादे सन्देशसहित राष्ट्रपतिले साउन २९ मा संसदमै फिर्ता पठाएको विधेयक फेरि संसदको दुवै सदनले जस्ताको तस्तै पारित गरेर फेरि प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमै फिर्ता पठाएको छ ।

त्यसपछि फेरि राष्ट्रपतिले अब के गर्लिन् भन्ने प्रश्न उब्जिएको छ । यधपी उनले प्रमाणिकरणका लागि पठाएको १५ दिनभित्र प्रमाणिकरण गर्नु वाहेक सम्वैधानिक रुपमा अर्काे विकल्प उनीसँग छैन ।

‘पूर्व सुरक्षा अधिकारीहरुसँग फेरि महामहिम राष्ट्रपति ज्यूले छलफल गर्न चाहनु भएको भन्ने छ, भोलिका लागि बोलाइएको छ, तर के विषयमा छलफल गर्ने भन्ने विषय खुलाइएको छैन,’ निम्तो पाएका एक पूर्व सुरक्षा अधिकारीले भने ।

प्रतिक्रिया