आइतबार, माघ ११, २०८२

कमेडियन अपूर्व क्षितिजलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

मेरोन्यूज २०७९ भदौ २२ गते १६:४२

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।

अपूर्व क्षतिजिले नेवा समुदायमाथि लक्षित गर्दै व्यंग्य गरेको आरोपमा अभियन्ताले प्रहरीमा जाहेरी दिएका थिए। उनलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो ।१० दिन हिरासतमा बसिसकेका सिंहमाथि थप पाँच दिन म्याद थप गरेको हो ।

प्रतिक्रिया