चरेससहित दुई भारतीय नागरिक पक्राउ
मेरोन्यूज
२०७९ भदौ २३ गते १९:०९
काठमाडौँ । बैतडीबाट लागू औषध चरेससहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारतको बिहारस्थित पश्चिम चम्पारणका २३ वर्षीय ताहिर आलम र २४ वर्षीय लालेश्वर चौधरीलाई लागू औषध चरेसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
मंगलबार राति ९ बजे गोठालापानी बजारबाट खटिएको प्रहरी टोलीले गोठालापानी शाहिलेक पक्की सडकखण्डको छेउबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट पाँच सय मिलिग्राम चरेस फेला पारेको प्रहरीको भनाइ छ ।
पक्राउ परेकालाई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
प्रतिक्रिया