दार्चुलामा आएको बाढीपहिरोमा पाँच जनाको शव भेटियो

काठमाडौं । शुक्रबार रातिदेखि परेको अविरल वर्षाले जिल्लाको सदरमुकामस्थित खलङ्गाको बंगाबगड क्षेत्रमा धनजनको क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी निरीक्षक जगत मगरका अनुसार अनुसार दुईवटा स्कुलसहित १५ वटा घरमा क्षति पुगेको छ ।
अहिलेसम्म पाँच जनाको शव फेला परेको छ भने अझै तीनजना बेपत्ता छन् । प्रहरी निरक्षक मगरका अनुसार ज्यान गुमाउनेमा तीन जना महिला र दुईजना पुरुष छन् । जिल्लाको नौगाड गाउँपालिका २ सल्लामा अन्दाजी ३० वर्षीया जानुका ठगुन्ना र अन्दाजी १५ वर्षीया धनुली ठगुन्नाको शव भेटिएको छ । उनीहरूको शव पहिरोले घर पुरेपछि भेटिएको हो । उनीहरूको नाताबारे खुलेको छैन ।
नौगाड गाउँपालिका २ का वडाध्यक्ष नारायण सिह ठगुन्नाका अनुसार उक्त वडामा ६८ वर्षीय मोहनराम पार्कीको चट्याङ् लागेर निधन भएको हो । चट्याङ्ले उनको घरमा पूर्ण क्षति भएको छ भने शव पनि भेटिएको छ । प्रहरी भने उनको पहिरोको कारण निधन भएको जनाएको छ । त्यस्तै महाकाली नगरपालिका २ बस्ने बर्ष ७७ को नन्दराम बोहरा, सोही नगरको वडा नम्बर १ मा अन्दाजी ३५-४० की मानमती कार्कीको शव फेला परेको छ ।
शुक्रबार रातिदेखि परेको अविरल बर्षाले दार्चुला तिङ्कर सडकमा पर्ने लास्कुखोला माथिको झोलुङ्गे र मोटर पुलसमेत बगाएको छ । बिहानदेखि पानी पर्न छोडे पनि उक्त क्षेत्रमा नदीले अझै कटान गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया