ब्रह्मास्त्रले गर्यो पहिलो दिननै कीर्तिमानी ओपनिङ, आरआरआर पछि पर्यो

काठमाडौं । रणबीर-आलिया स्टार फिल्म ब्रह्मास्त्र शुक्रबारबाट रिलिज भएको छ ।
पछिल्लो समय दुई ठूला बजेटका सिनेमा चल्न नसकिरहेको बेला ब्रम्हास्त्रले यो वर्षको सबैभन्दा ठूलो ओपनिङ गरेको छ । ब्रह्मास्त्र कोरोनापछि बक्स अफिसमा पहिलो दिन सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको छ। फिल्मको पहिलो दिन (ओपनिङ दिन) मा भारतमा ३६ करोड कलेक्सन गरेको छ। यसले आरआरआरको ओपनिङ डेको कीर्तिमान तोडेको छ । अआरआरआरले आफ्नो ओपनिङ डेमा २० करोड कलेक्सन गरेको थियो ।
कोरोनापछि गत वर्ष अक्टोबरमा थिएटरहरू खुलेका थिए। त्यसपछि करिब २७ वटा फिल्म हलमा रिलिज भए। अक्षय कुमार, आमिर खान जस्ता ठूला स्टारका ८ ठूला बजेट फिल्म रिलिज भए पनि पहिलो दिन कसैले पनि यति ठूलो व्यापार गर्न सकेनन्। यो रणबीरको फिल्मले पहिलो दिननै कीर्तिमानी कमाई गरेको छ ।
यस फिल्ममा रणबीर कपूर, आलिया भट्ट, अमिताभ बच्चन, नागार्जुन र मौनी रोयको मुख्य अभिनय रहेका छन् । भने फिल्मलाई अयान मुखर्जीले निर्देशन गरेका हुन्। यो फिल्म ४१० करोडको लगानीमा बनेको बताइएको छ ।(एजेन्सीको सहयोगमा)
















यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया