सर्लाहीको हरिवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
मेरोन्यूज
२०७९ भदौ २८ गते ११:०८

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–१० नयाँरोड चोकमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको र सनाखत हुन बाँकी रहेको सर्लाही प्रहरीले जनाएको छ ।
आज बिहान ४ बजे ना ८ ख ८२६७ नम्बरको ट्रकले पैदल हिंडिरहेका पुरुषलाई ठक्कर दिएको थियो ।
ठक्कर दिने ट्रक सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हरिवनले जानकारी दिएको छ ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया