शो दिएन भनेर मेरो बदनाम गर्न खोजियोः भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली सिनेमालाई हल नदिएको आरोप लगाएर आफ्नो बद्नाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । मंगलवार नेपाली चलचित्र ‘सायरा’ निर्माण हुने जानकारी दिन काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् ।
अध्यक्ष केसीले आफू र चलचित्र विकास बोर्डले नेपाली सिनेमालाई हल दिएन भनेर नकारात्मक हल्ला फैलाइ आफ्नो बदनाम गर्ने कोशिष भएको बताए । उनले चलचित्र विकास बोर्डले चलचित्र विकासका लागि काम गरिरहेको भन्दै आगामी दिनमा नेपाली चलचत्र क्षेत्रलाई उचाईमा पु¥याउने बताए ।
अध्यक्ष केसीले नेपाली सिनेमालाई नेपालमा नै सोचेजति साथ र सहयोग नमिलेको गुनासो गरे । उनले बाहिरि देशका चलचित्रहरुले पनि नेपालमा स्थान पाउनुपर्ने तर पहिलो प्राथमिकता भने नेपाली चलचित्रलाई नै हुनुपर्ने बताए । अध्यक्ष केसीले चलचित्र क्षेत्रको विकासका लागि सरकार सकारात्मक रहेको उल्लेख गर्दै चलचित्रका केही नीति, नियम परिवर्तन गर्न जरुरी रहेको पनि बताए ।
उनले भने,‘नेपाली चलचित्रलाई हाम्रै देशमा सोचेजति सपोर्ट र माया मिलिरहेको छैन । संसारभरको सबै चलचित्र हाम्रो देशमा चल्नुपर्छ, हामी सबैलाई स्वागत गर्दछौँ । तर पहिलो प्राथमिकता नेपाली चलचित्रकर्मीहरुले खेलेका सिनेमालाई हुनुपर्छ । बजारमा भुवन केसीले, विकास बोर्डले नेपाली सिनेमालाई हल दिएन शो दिएन भनेर, नकारात्मक हल्ला फैलाएर मेरो बद्नाम गर्ने कोशिस गरिएको छ । अहिलेसम्मको नियमअनुसार विकास बोर्डले चलचित्र हल दिने होइन । विकास बोर्ड नेपाली चलचित्रले ६० प्रतिशत ल पाउनुपर्छ । नेपाली चलचित्र कमजोर छ भनेपनि सेकेण्ड सोमा झार्न सक्नुहुन्छ ।’
कार्यक्रममा नेपाली चलचित्र सायरा निर्माण हुने बारेमा जानकारी गराइएको थियो । फिल्मको नाम सार्वजनिक गर्दै चलचित्रका कलाकारहरुको बारेमा कार्यक्रममा जानकारी गराइएको थियो ।
चलचित्र सायरामा आर्यन सिग्देल, कविता नेपाली लगायतका कलाकारहरुको अभिनय रहनेछ । चलचित्र बलिउडका विशाल देसाईले निर्देशन गर्नुहुनेछ भने सोसल ड्रामा र लभ स्टोरीमा अधारित फिल्मको ९० प्रतिशत छायांकन अस्टे«लिया र १० प्रतिशत छायांकन नेपालमा हुनेछ । अस्टे«लियाको सिड्नी र मेलबर्नमा छायांकन हुने चलचित्रको कथावस्तु निर्माता रघु परियारको रहेको छ ।
















छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ
फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
बुटवल–नारायणगढ सडक अवरुद्ध
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया