सोमबार, माघ १२, २०८२

लीको भ्रमणले आज पनि काठमाडौंमा सवारी आवगमन प्रभावित हुने

मेरोन्यूज २०७९ भदौ २९ गते ८:५२

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सुले बुधबार पनि उच्चस्तरीय भेटवार्तालाई निरन्तरता दिने भएका छन्।

लीले आज अपरान्ह साढे ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम रहेको रहेछ । भने त्यसअघि लीको नेतृत्वको टोली
भक्तपुर दरबार अवलोकनको कार्यक्रम रहेको छ। जसका कारण राजधानीको सवारी आगमनले काठमाडौंको विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीले वैकल्पिक रूट प्रयोग गर्न आग्रह गरेको छ।

आज बिहान ९ बजेको आसपासमा रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधे राधे, सल्लाघारी, सैनिक आवासीय महाविघालय, जिल्ला अस्पताल, क्यान्सर अस्पताल, कालोपाटी, व्यासी, सिडिओ कार्यालयदेखि भक्तपुर दरवार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ।

अपरान्ह साढे ३ बजेको आसपासमा सोल्टी होटल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटेल, पानीपोखरी र शीलत निवास सम्मको सवारी आवागमन प्रभावित हुने भएको छ।

उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।

प्रतिक्रिया