पाँच हजार घुस लिने खानेपानीका सिनियर प्लम्वरविरुद्ध भ्रष्टाचार मुद्दा
मेरोन्यूज
२०७९ भदौ २९ गते १३:२७

काठमाडौं, २९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महांकालचौर स्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेडको शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्वर गणेश बहादुर खुलालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
खुलालले सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुल लिएको पुष्टी भएको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।
टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटिएको टोलीले खुलाललाई सेवाग्राहीबाट ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत साउन ३१ गते नियन्त्रणमा लिएको थियो ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया