परराष्ट्र मन्त्रालयले भन्यो- ‘अग्निपथ’ बारे यो सरकारले निर्णय गर्दैन

काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथबारे वर्तमान सरकारले कुनै निर्णय नगर्ने बताएको छ । बिहीवार सिंहदरबारमा भएको नियमित पत्रकार सम्मेलनमा यसबारेमा मन्त्रालयले सरकारले कुनैपनि निर्णय नगर्ने जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सरकार निर्वाचनको मिति तोकिसकेको अवस्थामा भएकोले तत्काल कुनै निर्णय गर्ने पक्षमा नरहेको बताइन् । अग्निपथको बारेमा नयाँ निर्वाचित सरकारले निर्णय गर्ने उनको भनाइ छ । सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौतापछि भारतीय सेनामा नेपाली भर्ती शुरु भएको थियो । अहिले भारतीय सेनाको ७ वटा गोर्खा राइफल्स रेजिमेन्टमा गरी करिव ३० हजार नेपाली सेवारत छन् ।
प्रवक्ता लम्सालले तत्कालका लागि अग्निपथसम्बन्धी विषयलाई थाँती राखेको बताउँदै यो विषय राजनीतिक दलहरूसँग परामर्श लिएर राष्ट्रिय सहमतिमा पुग्ने गरी आगामी सरकारले निर्णय गर्ने बताइन् । भारतका सेना प्रमुख मनोज पाण्डेले ‘अग्निपथ’ योजनाअनुसार नेपालीहरू भारतीय सेनामा भर्ती नभए नेपाललाई छुट्ट्याएको कोटा अरूलाई दिने बताएका थिए ।
प्रवक्ता लम्सालले बाढी पहिरोका कारण उत्तरी नाकामा केही समस्या आएपनि दशैं अघि पूर्ण रुपमा नाका सञ्चालन हुने बताइन् । उनले यसबारेमा चिनियाँ पक्षसँग पनि कुराकानी भइसकेकोले दशैँभन्दा अघि नै राम्रोसँग नाका सञ्चालन हुनेमा विश्वस्त रहन आग्रह गरिन् । उनले उत्तरी नाकाबाट व्यापारिक सामग्रीहरुको आवागमन राम्रो र निर्वाध होस् भन्ने चाहना नै सरकारको रहेको बताइन् ।
प्रवक्ता लम्सालले पत्रकार सम्मेलनमा पाकिस्तान सरकारलाई नेपालले गरेको सहयोग, बेलायती महारानी एलिजावेथ द्वितीयको निधनपछि नेपालले गरेको सम्मान र चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणबारे जानकारी गराइन् ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया