१२ हजार भन्दा बढीमा भेटियो डेंगु

काठमाडौं । नेपालमा डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार उपलब्ध गराएको तथ्यांकअनुसार साउनदेखि २९ भदौसम्म १२ हजार दुई सय १७ जना डेंगु संक्रमित भएका छन् । यस्तै, डेंगु संक्रमणका कारण ११ जनाले ज्यान गुमाइसकेका छन् ।
नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुका बिरामी फेला परेका थिए । तत्पश्चात नेपालमा डेंगु बर्षेनी देखिएको छ । हाल देशको सात प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको छ।
डेंगु रोग रोकथाममा सरकारले गरेका यी हुन् प्रयास
–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु संक्रमण नियन्त्रण तथा रोकथाम गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँग समन्वयात्मक प्रयास बारेमा निरन्तर छलफल गरिरहेको छ ।
–इपिडीमियोलीजी तथा रोग नियन्त्रण महाशाखाले एक सय ३९ स्थानीय तह, ६० जिल्ला र सात वटै प्रदेशमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सञ्चालनका लागि बजेट विनियोजन गरेको छ।
–विद्यालय र होटलहरूमा डेंगु रोगको रोकथामका लागि होटल एसोसिएसन अफ नेपाल र विद्यालयहरूको एसोसिएसनसँग बैठक सञ्चालन गरेको छ ।











रौतहटको मदिरा उद्योगमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया