‘प्रहरी हौं’ भन्दै ठमेलबाट लाखौं लुटपाट गर्ने ३ जना पक्राउ

काठमाडौं । ‘प्रहरी हौ’ भन्दै ठमेलबाट ३० लाख रुपयाँ लुटपाट गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जना युवाहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका-१ घर भई हाल भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय योगेन्द्र तामाङ, सिन्धुलीको मरिन गाउँपालिका-३ घर भई हाल काठमाडौंको कपन बस्ने ३० वर्षीय देव लामा र रामेछापको सुनपाती गाउँपालिका-१ घर भई कपन बस्दै आएका २० वर्षीय मिन बहादुर तितुङ (रोहित) रहेका छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कपनबाट बुधबार मोटरसाइकलसहित पक्राउ गरेको हो ।
भदौ २२ गते ११स् १० बजेको समयमा ठमेलमा सञ्चालित ओरियण्टल मनी एक्सचेन्ट बन्द गरी कोठा जाने क्रममा मोटरसाइकलमा आएका ५ जना अपरिचितले जबरजस्ती मोटरसाइकलमा राखेर म्हैपी, सोह्रखुट्टे, खुसीबु हुँदै शोभा भगवतीको पुल मुनिबाट डल्लु पुर्याइ साथमा भएको ३० लाख २३ हजार २०८ रुपैयाँ लुटेर लगेको पीडितले उजुरी दिएको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनीहरुलाई अपहरण तथा डाँका चोरी कसूरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको र घटनामा संलग्न थप दुई जनाको खोजी भइरहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया