सोमबार, चैत २, २०८२

आठ सय रुपैयाँले घट्यो सुनको मूल्य

मेरोन्यूज २०७९ भदौ ३१ गते ११:५०



काठमाडौं । कारोबारको अन्तिम दिन नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा आठ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ। 

Advertisement
nepal life insurencenepal life insurence

आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार आठ सय रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँ र तेजाबी सुन ९४ हजार एक सय रुपैयाँमा किनबेच भएको थियो। आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार तीन सय रुपैयाँ कायम भएको छ। 

आज तोलामा ३५ रुपैयाँ घटेर चाँदीको मूल्य प्रतितोला एक हजार १४५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा किनबेच भएको थियो। 
 

प्रतिक्रिया