पोलियोबाट ६ महिनाको बच्चाको मृत्यु
मेरोन्यूज
२०७९ असोज १ गते ८:०१

इस्लामाबाद । पाकिस्तानमा पोलियो भाइरसको कारण ६ महिनाको बच्चाको मृत्यु भएको छ । पछिल्लो मृत्युसँगै पोलियो रोग उन्मुलन गर्ने सरकारको प्रयास विफल भएको छ । उक्त बच्चा खैबर पख्तुनख्वा प्रान्तको दक्षिण वजिरिस्तान आदिवासी जिल्लाको एक परिवारको रहेको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।
यो वर्ष पाकिस्तानमा अहिलेसम्म १९ जनामा पोलियो संक्रमण देखा परेको छ । सबै संक्रमणका घटना खैबर पख्तुनख्वा प्रान्तका भएको जनाइएको छ । खैबर–पख्तुनख्वामा पोलियो प्रकोपसँग जुध्न सरकारले विशेष पहल गर्दै आएको छ ।
यसैबीच, स्वास्थ्य मन्त्री अब्दुल कादिर पटेलले एक विज्ञप्तिमा बाढीका कारण मानिसहरूको ठूलो संख्यामा विस्थापनले पोलियोभाइरस फैलिने खतरा रहेको बताए।एजेन्सी
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया