राज्यका सबै निकायमा समावेशी प्रतिनिधित्व हुनुपर्छ : नेता महतो

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले मुलुकमा धेरै राजनीतिक उपलब्धि गरी नेपालको संविधान जारी गरिएको भए पनि अझै राज्यका निकायमा उचित समावेशी प्रतिनिधित्व हुन नसकेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले जनताको अधिकार र पहिचानमा भएका उपलब्धिको समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो ।
पाँच वर्षमा प्रतिनिधिसभाबाट नेपाली जनताले के–के प्राप्त गरे भन्ने स्पष्ट गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रतिनिधिसभाले गरेका काम जनताले महसुुस गर्ने खालको भएको छ कि छैन भन्ने स्पष्ट हुनुपर्दछ ।” देशमा परिवर्तनका लागि धेरै काम भए पनि जनअपेक्षाअनुरसार मुलुकको विकास हुन नसकेको भनाइ राख्दै उहाँले सबै नेपालीका लागि मुलुक हो भन्ने गरी काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सबै जातजाति, भाषाभाषीका लागि मुलुक हो भनी उचित प्रतिनिधित्व र काम गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले आफ्नै देशका नागरिकलाई नागरिकता दिन राज्यले कन्जुस्याइँ गरेको भन्दै गुनासो गर्नुभयो ।

















पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै
गौरको कर्फ्यु हट्यो, सडकमा शान्ति-सद्भाव र्याली
फोहरजन्य वस्तु बिक्री गरी सात महिनामा रु १४ लाख आम्दानी
दुई फर्मलाई विभागद्वारा जरिवाना
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
काठमाडौं – मुग्लिन सडकखण्ड अन्तर्गत फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
प्रतिक्रिया