बाबुआमा हराएपछि छोराछोरीको बिचल्ली
कपिलवस्तुको शिवराज नगरपालिका–९ रमवादहवाका ४५ वर्षीय ढिकरु र उहाँकी श्रीमती ४० वर्षीया शिवरतनी थारु हराएपछि उनीहरुको छोराछोरी बिचल्लीमा परेका छन् । विसं २०७८ माघ ९ गते दुवै घरबाट निस्केर दाङ जान्छु भनेर ती दम्पत्ति हिँडेका थिए । दुवै बोल्न नसक्ने थिए ।
दम्पत्ति हराउँदा उनीहरुका सन्तानलाई खान र लगाउन समस्या भएको छ । बोल्न नसक्ने आमाबुवा हराउँदा तीन छोरी र एक छोरा बिचल्लीमा परेका छन् । छोरीहरु १७ वर्षीय रामकली, १३ वर्षीय सीता, आठ वर्षीय अस्मिता र वर्ष छका छोरा सुवास समस्यामाछ न् । माइली छोरी सीतालाई लिन दाङ हिँडेका दुवै अझैसम्म बेपत्ता भएका छन् । आफ्नो बुवाआमालाई खोजी गरी दिनका लागि वडा प्रहरी कार्यालय चन्द्रौटामा जानकारी दिएको ठूली छोरी रामकलीले बताउनुभयो ।
रामकलीले भन्नुभयो, “सकेजति आमाबुवाको खोजी गरिहेका छाँै तर कहीँ कतै भेटिनुभएको छैन ।” वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले हराएको थाहा पाउनासाथ खोजी कार्य जारी राखेको बताउनुभयो । सञ्चारमार्फत सबै ठाउँमा दुवैको हुलियासहित जानकारी गरेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक शाहीले भन्नुभयो, “अहिलेसम्म कहीँबाट कुनै खबर आएको छैन आएपछि हामी परिवारलाई तत्काल बोलाउँछौँ ।” बुवाआमा आउछन् भन्ने आस गरेको पनि आठ महिना पुग्नै लागेको छोराछोरीको भनाइ छ ।
बुवाआमा नआएपछि उनीहरु शिवराज नगरपालिका–१ सोनपुरमा रहेको मावली हजुरबुवा हरिप्रसाद थारुको घरमा बस्दै आएका छन । अरुको खेतमा काम गर्ने हरिप्रसाद आफैँ बिरामी परिरहनुहुन्छ । हरिप्रसादले ज्याला मजदुरी गरी कमाएर ल्याएको रकमले नातीनातिनालाई पाल्दै आएको बताउनुभयो । छोरी ज्वाईलाई धेरे खोज्ने प्रयास गरे पनि कहीँ कतै नभेटिएको उहाँले बताउनुभयो । एक दिन आउछन् भन्ने विश्वास रहेको उहाँको भनाइ थियो ।
माइली छोरीले पनि आमाबुवा बोल्न नसक्ने भएपनि हाम्रो साहारा हुनुहुन्थ्यो भन्नुभयो ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया