डडेल्धुरामा कार दुर्घटना, चार जना घाइते
मेरोन्यूज
२०७९ असोज ३ गते १७:२७
धनगढी । धनगढीबाट हिँडेको कार डडेल्धुरामा दुर्घटना हुँदा चार जना घाइते भएका छन् । सोमबार धनगढीबाट दीपायलतर्फ गइरहेको कार डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ स्थित गजरौलामा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार केआईसिंह राजमार्ग अन्तरगत सुपप्र ००१ च ३३६८ नम्बरको कार दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका हुन् ।
दुर्घटनामा कञ्चनपुरको महेन्द्रनगरका कृष्ण ऐर (चालक) सहित दीपायलका अमन सूचीकार, गोपाल सूचीकार र सन्तोश नेपाली घाइते भएको डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहर भट्टले बताए ।
घटनास्थलबाट उद्दार गरेर उपचारका लागि उनीहरूलाई डडेल्धुरा अस्पताल लगिएको छ ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया