सशस्त्रले नियन्त्रणमा लिएको गाडी भन्सार नपुगी गायब, कहाँ गयो १५ लाखको स्टेसनरी सामान ?

काठमाडौं । सशस्त्र प्रहरीले अवैद रुपमा नेपाल ल्याइएको स्टेशनरी सामान बरामद गरेपनि त्यसलाई भन्सार कार्यालयमा नबुझाई छाडेको पाइएको छ ।
गत साउन ९ गते सशस्त्र प्रहरिको २ नम्बर गण झापाले करिब १५ लाखको स्टेशनरी सामान सहित एउटा गाडी नियन्त्रणमा लिएको थियो तर सो गाडीलाई भन्सार कार्यालय नबझाई छाडिएको स्रोतले जनाएको छ । बिआर ५० एच ५०८३ नम्बरको पिकअप गाडी सहित बरामद सानान मेची भन्सार कार्यलयमा बुझाउन मुचुल्का समेत तयार भएपछि गाडी छाडिएको स्रोतले जनाएको छ । ‘‘भन्सार बुझाउनु अघि बाटोबाटै सामान गायब भयो’ स्रोतले भन्यो ।
२ नम्बर गणका एसपी प्रदिप सिंह कार्कीको मिलेमतोमा मोटो रकम लिएर सामान छोडेको श्रोतले दावी गरेको छ । सो सामान छोड्नको लागि एक नम्बर बाहिनिका डिआइजी कमल गिरिको समेत मिलेमतो रहेको आशंका गरिएको छ । डिआइजीको संरक्षण बिना यो काम हुनै नसक्ने २ नम्बर गणका एक कर्मचारीले बताए ।
‘डिआइजीको ग्रीन सिग्नल विना यस्तो काम गर्न सकिदैन, एसपी कार्कीले डिआइजीकै सिग्नलबाट यस्तो गरेको हुनुपर्छ’, स्रोतले भन्यो । झापाको उत्तरी क्षेत्र पिलर नम्बर २३ र २४ भृकुटी सुमन चोक छेउको हाइस्कुल हुँदै तिरिङ भन्ने स्थानबाट राति ११ देखि ४ बजेसम्ममा सुपारी भारत जाने गरेको स्थानीय दावी गरेका छन् । बाहुनडाँगीका एक व्यापारीको घरमा गोदाम रहेको छ । त्यस्तै बाहुनडाँगी र नकलबन्दा बीचको राइसिङ र चारु गौडा पिलर नम्बर २६ र २७ को बीचबाट पनि सुपारीको काम हुने गरेको स्थानीयको भनाइ छ ।
सो क्षेत्रमा सुपारी तार्न डेढ सयको हाराहारीमा कामदार खटिने गरेको बताइन्छ । कचनकवल–५ स्थित पाठामारी नाकाबाट कपडा र युरिया मलको तस्करी भइरहेको पुष्टि भएको छ । यस्ता धन्दामा लागेका सशस्त्र प्रहरिका डिआइजिहरुको यसपाली पनि सरुवा भएको छैन ।
एक बर्ष पूरा भएर पनि गिरि सहित मधेस प्रदेशका डिआइजी गणेश ठाडामगर , पोखरा बाहिनिका शम्भु सुवेदी तथा सुदुरपश्चिम बाहिनिका दुर्गा भट्टराईको सरुवा हुन सकेन । शक्तिकेन्द्र लाई खुशी पारेर कमाउ धन्दामा मस्त भएका कारण सरुवा नभएको सशस्त्र श्रोतले जनाएको छ ।
अन्य चार जनाको सरुवा हुँदा उनीहरु मात्रै शक्ति केन्द्रको आँडमा सरुवा हुन नसकेको स्रोतले जनाएको छ ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया