सोमबार, फागुन ११, २०८२

एनएमबि बैंकले स्वदेशी सीप र उत्पादनको प्रवद्र्घन गर्न एनएमबि बजार आयोजना गर्ने

मेरोन्यूज २०७९ असोज ४ गते १६:३१

काठमाडौं । एनएमबि बैंकले नेपाली बैंकिङ्ग जगतमै पहिलो पटक स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवद्र्घन र प्रोत्साहन हुने गरी प्लाष्टिक रहित बजारको आयोजना गर्न लागेको छ । एनएमबि बैंकले नेपालीहरुको महान चाँड दशै र तिहारलाई लक्षित गरी उक्त बजार आयोजना गर्न लागेको छ, जसमा ६० भन्दा बढी स्टलहरु राख्ने जानकारी गराएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

एनएमबि बैंकले आफ्ना ग्राहकवर्गलाई कर्जा प्रदान गर्ने मात्र नभई ग्राहकहरुको उत्पादनलाई बजारमा प्रवद्र्घन गर्न सहज होस् भन्ने उद्देश्यका साथ सम्पूर्ण आवश्यक सामग्रीहरु एकै स्थानमा उपलब्ध हुने गरी यस बजार आयोजना गर्न लागेको हो । बजारमा जुत्ता, लताकपडा, चिया, केक, ह्याण्डीक्राफ्ट, साबुन, सर्फ, झोला लगायत दैनिक जीवनमा आवश्यक सामान क्युआर÷पोस मार्फत सहूलियत मुल्यमा खरिद गर्न सकिने जानकारी गराइएको छ ।

एनएमबि बैंकले यही असोज ८ गते, शनिवारको दिन सानेपा स्थीत हेरिटेज गार्डेनमा बिहान ९ बजेदेखी बेलुका ५ बजे सम्म आयोजना गर्ने उक्त बजारमा सम्पूर्ण महानुभावहरुलाई आमन्त्रण समेत गरेको छ ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ बाट सम्मानित भै सकेको छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्च स्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया