सामाजिक सुरक्षा भत्ता हिनामिना गर्ने खरिदार भण्डारीविरुद्ध भष्ट्राचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले सामाजिक सुरक्षा भत्ता हिनामिना गरी भष्ट्राचार गरेको आरोपमा जुम्ला, चन्दननाथ नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख खरिदार राजेन्द्रबहादुर भण्डारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
उनीविरुद्धको उजुरी अनुसन्धान हुँदा भण्डारीले आव ०७४/०७५ देखि आव ०७६/७७ सम्म सामाजिक सुरक्षा भत्ता बैंकमार्फत लाभग्राहीको खातामा जम्मा गर्नु पर्नेमा, कार्यालयको नामबाट बैंकलाई आफैंले पत्र लेखी दस्तखत गरी बैंकहरूमा पत्राचार गरी २० लाख ७८ हजार ६ सय रुपैयाँ छोराको व्यक्तिगत खातामा जम्मा गरी भुक्तानी लिएको देखिएको छ ।
व्यक्तिगत हितमा रकम खर्च गरी सरकारी रकम हिनामिना गरेको पुष्टि भएको भन्दै अख्तियारले भण्डारीलाई बिगो २० लाख ७८ हजार ६ सय कायम गरी भ्रष्टाचार निवारण ऐनले निर्देश गरे बमोजिम जरिवाना र कैद सजाय गरी अदालतमा आरोप पत्र दायर गरेको हो ।
















प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल राशिफल ?
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया