आफैलाई पढाउने शिक्षकको हत्या आरोपमा युवती पक्राउ
मेरोन्यूज
२०७९ असोज १० गते १९:२३
काठमाडौँ । प्रहरीले ओखलढुंगाबाट शिक्षकको हत्या गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ८ सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक शुकदेव खनालका अनुसार धमलामाथि विद्यालयमा पढाउँदै आएका ३३ वर्षीय शिक्षक दीपककुमार ठाकुरको हत्या गरेको आरोप छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका ५ घर भई ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ४ लेखर्कमा बसी ठाकुरले कालिका आधारभूत विद्यालयमा पढाउँदै आएका थिए । गत शुक्रबार ठाकुर मृत भेटिएका थिए ।
मृतकको हत्या गरेको आशंका भएपछि प्रहरीले अनुसन्धान अघि बढाएकोमा छलमायालाई पक्राउ गरेको प्रहरी उपरीक्षक खनालले बताए ।
सम्बन्धित

















प्रविधि विस्तारबाट गहुँको उत्पादन बढाइने
एनआईसी एसिया बैंकका ग्राहकलाई भारतमा उपचार गर्दा १० प्रतिशत छुट
वसन्तपुरमा चिर ठड्याइयोः होली पर्व सुरु
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
पोखरा गोल्डकपको उपाधि सहारालाई
प्रतिक्रिया