एनआईसी एसिया बैंकका ग्राहकलाई भारतमा उपचार गर्दा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एसिया बैंकक ग्र्राहकलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने भएको छ । बैंकले भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड (अपोलो हस्पिटल)मा ग्राहकलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारीपत्रमा बैंकको तर्फबाट सहायक सीईओ राजेश रावल र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनका तर्फबाट प्रबन्धक विपिन शर्माले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि यस बैंकका ग्राहकले बिरामी शुल्क, निवारक स्वास्थ्य जाँच प्याकेज र स्वास्थ्य जाँच सेवामा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् । त्यसैगरी, बहिरंग बिरामीको जाँचमा पाँच प्रतिशत छुट सुविधा उपलब्ध हुनेछ ।
बैंकका अनुसार, दर्ता शुल्क निःशुल्क, अन्तर्राष्ट्रिय बिरामी लाउन्जमा पहुँचजस्ता सुविधा समेत उपलब्ध हुनेछन् ।
यसैगरी, काठमाडौंस्थित अपोलो इनफर्मेसन सेन्टरमार्फत नियुक्ति लिने बैंकका ग्राहकलाई नयाँ दिल्लीको एयरपोर्टबाट होटल/हस्पिटलसम्म यातायात सुविधासमेत उपलब्ध हुने बैंकले जनाएको छ ।
उक्त सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया