ब्राउन सुगरसहित दुई जना पक्राउ
मेरोन्यूज
२०७९ असोज १० गते २०:४४
काठमाडौँ । सशस्त्र प्रहरीले धनुषाको महिनाथपुरबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई सशस्त्र प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
स ६ प ८०८६ नम्बरको रातो र कालो रंगको मोटर साइकलमा चढी हेल्मेटमा लुकाएको ब्राउन सुगरसहित सिरहा कर्जना नगरपालिका २ का २३ वर्षीय महादेव मण्डल र १९ वर्षीया अस्मिता खत्रीलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
शंका लागेपछि मोटरसाइकल रोकी जाँच गर्दा हेल्मेटको भित्री भागमा प्लास्टिकको झोलाले बेरेको खैरो रंगको गिलो पदार्थ ब्राउनसुगर बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
उनीहरूसहित ब्राउनसुगर र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय खजुरी धनुषामा बुझाइएको सशस्त्र प्रहरी बताएको छ ।
सम्बन्धित
















तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश
नेशनल लाईफद्वारा कोशी प्रदेशका अभिकर्ताहरुलाई १ दिने तालिम
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह
गफ दिनेलाई सम्मान गरेर देश बन्दैन : हर्क साम्पाङ
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
प्रतिक्रिया