सुरक्षा बैठक अघि सशस्त्र प्रहरीलाई ‘स्ट्रिप नक्सा’

काठमाडौं । नेपाल र भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक अघि सरकारले सशस्त्र प्रहरीलाई स्ट्रिप नक्सा दिएको खुलेको छ । स्ट्रिप नक्सा उपलब्ध गराइदिन सशस्त्रले लामो समयदेखि पहल गर्दै आएको भएपनि केही दिन अघि मात्रै सरकारले सो नक्सा उपलब्ध गराएको थियो । गत असारमा मन्त्रिपरिषबाट निर्णय गरी औपचारिक नक्सा उपलब्ध गराएको हो । स्ट्रिप नक्सा उपलब्ध गराइदिन सशस्त्रले लामो समयदेखि पहल गर्दै आएको थियो । सीमा सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको सशस्त्रलाई यस्तो नक्सा औपचारिक रूपमा सरकारले उपलब्ध नगराउँदा समस्या भएको थियो ।
नापी विभागको टोलीले स्थलगत रूपमा खटिएर हालै यस्तो नक्सा तयार बनाएको थियो । ‘स्ट्रिप नक्सा पाएपछि बोर्डरमा काम गर्न सहज हुन्छ,’ सशस्त्र प्रहरीका एक उच्च अधिकारीले भने, ‘सीमा सुरक्षामा विगतमा देखिएको द्विविधा यसले कम हुन्छ ।’ नेपाल र भारतीय संयुक्त टिमले समेत स्ट्रिप नक्सामा काम गरिरहेको छ । तर, कालापानी, सुस्तालगायत क्षेत्रमा भारतले नेपालको भूमि दाबी गर्दा सहमति हुन सकेको छैन । भारतसँग करिब १ हजार ८ सय ८० किमि लम्बाइको सीमा क्षेत्र रहेकामा सशस्त्र प्रहरीका २ सय २० बीओपी सीमा क्षेत्रमा तैनाथ छन् ।
तर, नेपालतर्फ भारतले ५ सय ३० भन्दा बढी ठाउँमा एसएसबीका युनिट खडा गरेर नेपाल आउजाउको निगरानी गर्छ । सो नक्सा पाएपछि सशस्त्रले दुवैतिर निगरानी गर्न सहज हुनेछ ।
सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीच भएको छलफलमा दुवै देशको सीमा क्षेत्रको अनुगमन गर्न सहमत भएका छन् । भारतका सुरक्षा अधिकारी यात्रु सहायता कक्ष (हेल्प डेस्क) सञ्चालनमा ल्याउन सहमत भएका बेला सशस्त्र पाएको स्ट्रिप नक्साले सहयोग गरेको सशस्त्रले स्रोतले जनाएको छ ।
मंगलबारको छलफलमा अन्तर्राष्ट्रिय प्रवेश÷प्रस्थान बिन्दुमै नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) र भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले आवश्यकताअनुसार कतै एकल र कतै संयुक्त प्रतिनिधि रहने हेल्प डेस्क सञ्चालन गर्न सहमत भएका थिए ।
















तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश
नेशनल लाईफद्वारा कोशी प्रदेशका अभिकर्ताहरुलाई १ दिने तालिम
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह
गफ दिनेलाई सम्मान गरेर देश बन्दैन : हर्क साम्पाङ
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
प्रतिक्रिया